नेपाली फुटबलको लागी दुःखद् बन्यो यो बर्ष !
२०२१ सकिन अब लगबग ५ दिन छ र त्यसपछि बिश्व पात्रो अनुसार २०२२ तथा नया बर्षको सुरुवात हुन्छ । यो बर्ष नेपाली फुटबलले राम्रो बिकास गर्यो । नेपाली फुटबलको मुख्य टोलीले इतिहासमा पहिलो पल्ट साफ च्याम्पियनसिप फाइनलको यात्रा गर्यो । नेपाल फाइनल पुग्दा हरेक नेपाली फुटबल प्रेमीको मनमा एउटा नया आश थियो तर परिणाम भने जस्तो भएन । नेपालको मुख्य खेलाडी अन्जन बिष्टले फाइनल खेल्न पाएनन भने प्रशिक्षक अब्दुल्लाह अल्मुटाइरीले प्रशिक्षण गर्न पाएनन जस्को कारण टिम नेपाल हार्न पुग्यो । तर नेपाली खेलाडीले भने मालदिभ्समा उत्कृष्ट सम्मान पाए । इतिहासमै पहिलो पटक फाइनल पुगेको नेपालको उपाधी ल्याउने सपना टुट्यो जस्को कारण नेपाली फुटबल प्रेमिको लागि २०२१ राम्रो साल बनेन । त्यो दुख बिर्सिन नपाउदै श्रीलंका र भुटान लाई ६ र ४ गोलको अन्तरले हराएर फाइनलको यात्रा तयार पार्ने सपना बुनेको U19 महिला टोली नेपाललाई भारतले १-० को अन्तरले पराजित गर्यो । उता भारत फाइनल गयो भने नेपाल समूह चरण बाटै बाहिरका कारण घर फर्कनु पर्यो । यत्रो भारी हार भोगेपनी नेपालको महिला र पुरुष टोली दुबैले राम्रो मेहेनत गरेको छ । दुबै टोली उपाधी ल्याउने दाउमा थियो तर दुर्भाग्यबस दुबै टोली उपाधिको नजिक पुगेपछि भारतसंग हार्न पुग्यो । नेपालले इतिहासमा पहिलो पटक फाइनलमा पुगेर इतिहास रच्यो । बुद्धशान्ती, झापा !
Comments
Post a Comment